बिर्तामोड , कात्तिक ९ । पैनीमा डुबेर बिर्तामोड– ६ की एक वृद्धाको मृत्यु भएको छ ।

आज दिउँसो अन्दाजी १ बजे बिर्तामोड– ६ बुट्टावारी बस्ने अन्दाजी ७८ वर्षीया इन्द्रमाया राईको घरनजिकै रहेको पैनीमा डुबेर मृत्यु भएको हो ।

डुबिरहेको अबस्थामा उनकै नातिनी मनिषा राईले देखेर उपचारको लागि बिर्तामोडस्थित मनमोहन अस्पतालमा ल्याई डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्