झापा, कात्तिक १० । चलचित्र ‘ह्रस्व दीर्घ’ कात्तिक ३० देखि नेपाली र हिन्दी भाषामा एकसाथ प्रदर्शन हुने भएको छ । विदेशमा मङ्सिर ७ देखि मात्र नेपाली र हिन्दी भाषामा रिलिज हुने जनाइएको छ ।
चलचित्रको नेपालबाहिरको वितरण अधिकार सेभेन सिज इन्टरटेनमेन्टले खरिद गरेको छ । अभिनेता हरिहर अधिकारीले दुई महिनापछि तेलुगु भाषामा चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार चलचित्रमा दक्षिण भारतीय र बलिउड कलाकारको सहभागिता रहेका कारण भारतीय वितरकले चलचित्रप्रति रुचि देखाएको छन् । ‘ह्रस्व दीर्घ’ नीता फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमा हो, जसका निर्माता नीता ढुङ्गाना र कार्यकारी निर्माता धनञ्जय गलानी छन् । चन्द्र पन्तको निर्देशनमा बनेको यस चलचित्रमा हरिहर अधिकारी, नीता ढुङ्गाना, ब्रह्मानन्दम, कविर दुहान सिंह, प्रदीप रावतलगायत कलाकारको अभिनय छ । बलिउडका चर्चित सिनेमाटोग्राफर कबिरलालले यसको सिनेमाटोग्राफी गरेका हुन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्