झापा, कात्तिक १० । राष्ट्रिय प्रजातन्त्र पार्टीको बिर्तामोड ९ न. वडा कमिटी गठन भएको छ ।

बसन्तकुमार खड्काको अध्यक्षतामा गठित वडा कमिटीको सचिवमा अनुप खड्का तथा सदस्यहरुमा कमलादेवी तामाङ , शैलेन्द्र अधिकारी ,कृष्णप्रसाद अधिकारी ,लक्ष्मीप्रसाद मोक्तान , नवीन भट्टराई , कर्ण कार्की , भैरवप्रसाद उप्रेती ,प्रकाश बुढाथोकी , धनपति भट्टराई ,गंगाप्रसाद सुवेदी , गोमा बराल ,दीपक तिम्सिना , सुजन थापा ,युवराज श्रेष्ठ , चरनकुमार सोरेन , आयुस कार्की , दुर्गा ढुंगेल , तारा कार्की र भीम मैनाली चयन भएका छन् ।

त्यस्तै सदस्यमै बसन्ती राजवंशी , भोलानाथ ढुंगेल , रिबज भट्टराई , विनोद बस्नेत ,लालबहादुर बुढाथोकी , गणेश कार्की ,कृष्णबहादुर श्रेष्ठ , हिमाल कार्की र देवराज नेपाल मनोनित भएका छन् ।

राप्रपाका केन्द्रीय प्रवक्ता तथा कोशी प्रदेशका पूर्व मन्त्री भक्तिप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा बिर्तामोड ९ स्थित उज्यालो चिन्तन चौतारी रिसोर्टमा भएको कार्यक्रममा केन्द्रीय सदस्य डीबी थापा , जिल्ला अध्यक्ष केशव ओझा , जिल्ला सदस्यहरु नवीन भट्टराई , लक्ष्मी ढकाल, क्षेत्रीय सदस्य देवराज नेपाल , प्रदेश सचिव कुमार भट्टराई ,प्रदेश ख अध्यक्ष शंकर रिजाल, नगर अध्यक्ष रन्जु प्याकुरेललगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्