झापा, कात्तिक १२ । झापाको कन्काई– ९ घैलाडुब्बा बजारमा गएराति चोरी भएको छ ।

आदर्श विद्या मन्दिर नजिक रहेका दुईवटा पसलमा चोरी भएको हो । कृष्ण शर्माको स्टेशनरी र कमल पराजुलीको किराना पसलमा चोरी भएको बिर्तामोड प्रहरीले जनाएको छ ।

शर्माको पसलबाट रिचार्ज कार्ड , नगद १० हजार र पराजुलीको पसलबाट रिचार्ज कार्ड र चप्पल चोरी भएको डीएसपी प्रकाश विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्