झापा, कात्तिक १२ । पहाडी जिल्ला भए पनि इलाममा डेंगुको त्रास भने कायमै छ । अहिले पनि इलाम अस्पताल आएका बिरामीहरूमा डेंगु सङ्क्रमण देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
सदरमुकामस्थित इलाम अस्पतालमा पनि कात्तिक महिना सुरु भएयता तीन जनामा डेंगु देखिएको अस्पतालले जनाएको छ । अस्पतालको तथ्याङ्क अनुसार गएको साउन महिना यता १९ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ भने ११ जनामा स्क्रब टाइफस देखिएको बताइएको छ ।
अस्पताल आएका कतिपय बिरामी जिल्लामै उपचार गरेर घर फर्कने गरेका छन् भने कतिपय झापाका अस्पतालमा रेफर गरिएको अस्पतालका व्यवस्थापक क्षितिज खतिवडा बताउछन् ।
जिल्लाका अन्य पालिकाहरूमा पनि फाटफुट रूपमा डेंगुका बिरामी भेटिने गरेको स्वास्थ्य कार्यालयका प्रवक्ता विमल बरालले जानकारी दिए । बरालका अनुसार अहिले सदरमुकाममा डेंगु नियन्त्रणको खास कार्यक्रम नभए पनि पालिकाहरूमा भने खोज र नष्ट गर अभियान पालिकाहरूले गरिरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्