झापा, कात्तिक १२ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाले ठुलो परिमाणमा पटाका बरामद गरी नष्ट पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापा तथा मातहत ईकाईबाट विभिन्न समयमा बरामद गरेको ११ लाख ८१ हजार ९८० बराबरको ९ बोरा विभिन्न किसिमका आतिशबाजी पटाकाहरु स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी, स्थानीय भद्रभलाद्मी र पत्रकारहरुको रोहबरमा आज दिउँसो ३ः३० बजेको समयमा गणको परिसरभित्र खाल्डो खनी नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज विष्टले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्