भद्रपुर,कात्तिक १२ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहले सामाजिक उत्तरदायित्वअन्तर्गत एक दिने च्याउ खेतीसम्बन्धी तालिम सम्पन्न गरेको छ ।

समूहमा आबद्ध सदस्यलक्षित गरिवी निवारण तथा महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत एक दिने च्याउ खेती तालिम सम्पन्न गरेको हो ।

कार्यक्रम संयोजक रमेश न्यौपानेको अध्यक्षता तथा भद्रपुर– ९ की सदस्य मञ्जु पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विज्ञान च्याउ उद्योगका सञ्चालक दुर्गाप्रसाद भट्टराईले तालिम दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्