झापा, कात्तिक १३ । पॉचथरको सदरमुकाम फिदिममा साङ्केतिक तालिम आयोजना गरिएको छ । राष्ट्रिय बहिरा महासङ्घले जिल्लामै पहिलो पटक नेपाली भाषामा साङ्केतिक तालिमको आयोजना गरेको हो ।
सुनाइसम्बन्धी अपाङ्गता भएका बहिरा र सुस्तश्रवण भएका नागरिकलाई सञ्चार प्रवाहमा सहजता ल्याउन यस्तो तालिम आयोजना भएको हो । चार महिनासम्म सञ्चालन हुने तालिममा पॉचथरका सात वटा स्थानीय तहबाट १३ जनाले सहभागी जनाएका छन् ।
अपाङ्ग सेवा सङ्घ पॉचथरको सभाहलमा आयोजित तालिमको उद्घाटन कार्यक्रममा प्रमूख अतिथिको मन्तव्य राख्दै फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्लेले अपाङ्गता भएका नागरिकको क्षमता विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्