झापा, कात्तिक १५ । संखुवासभाको मकालु –५ फाक्सिन्दा दोभानस्थित अरुण तेस्रो जलविद्युुत परियोजनाअन्तर्गत ड्याम साईडमा काम गर्ने दुई भारतीय मजदुरको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।
हिजो साँझ ७ बजे ड्याम साईडमा काम गरी फर्किने क्रममा एचपी ११–४९३३ नम्बरको भाल्भो टिपर आफै अनियन्त्रित भई सडकदेखि अन्दाजी ५० मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा भारत बस्ने अन्दाजी ५७ वर्षीय शैलेन्द्र प्रताप सिंह र अन्दाजी २९ वर्षीय सारुक महमदको मृत्यु भएको हो । सिंहलाई आज बिहान ३ः४१ बजे र महमदलाई ३ः५३ बजे जिल्ला अस्पताल संखुवासभाका चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा .टिपरमा सवार भारत उत्तर प्रदेश बस्ने अन्दाजी २८ वर्षीय योगेन्द्र पाल र भारत बिहार बस्ने अन्दाजी ४० वर्षीय इश्वर पासवान गंभीर घाइते भएका छन् । दुवै घाइतेलाई जिल्ला अस्पताल खाँदबारीबाट धरान रेफर गरिएको प्रहरीले जनाएको छ ।