झापा, कात्तिक १५ । पाँचथरमा पाखाबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
आज बिहान ९.३० बजे पाँचथर फालेलुङ–३ बस्ने राजकुमार मादेनकी श्रीमती ४१ वर्षीया भिमकुमारी मादेन घरभन्दा अन्दाजी २ किलोमिटर पूर्वमा रहेको आफ्नै तिजेनी खरपाखामा घाँस काट्न गएकी थिइन् । दिउँसो १ बजेसम्म पनि घर फर्की नआएपछि खोजतलास गर्ने क्रममा उक्त खरपाखामा घाँस काट्ने क्रममा अन्दाजी २० मिटर तल लडेर भिमकुमारीलाई मृत अवस्थामा भेटिएको थियो ।
प्रहरी चौकी थोक्लिम्बाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।