झापा , कात्तिक १५ । झापाको कचनकवल ६ बनियानीको हुकाहुकी चोकमा सामूहिक हुकाहुकी कार्यक्रम सम्पन्न भएको छ ।
आज साँझ ५.१० बजे नेपाल आदिवासी उत्थान मंच कचनकवलको आयोजनामा नेपाल आदिवासी उत्थान मंचका अध्यक्ष कर्णबहादुर राजवंशीको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, राजनीतिक पार्टीका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।
तिहारमा पर्ने गोरुवाँसी पर्वमा सन्ठीको राँको ( हुकाहुकी) खेल्ने परम्परा पूर्वका आदिबासी समुदायमा छ ।राजवंशी , ताजपुरिया , गनगाई , माझीलगायतका जातिले सन्ठीको मुठो(हुकाहुकी) बनाएर त्यसलाई पुजा गर्ने र आगो सल्काएर खेल्ने परम्परा छ ।