बिर्तामोड, कात्तिक १६ । साहित्य चौतारी बिर्तामोडले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ र लोकगीत सम्राट एलपी जोशीको ८९ औं जन्मजयन्ती मनाएको छ ।
संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता तथा संस्थापक सहसंरक्षक जितु गौतमको प्रमुख आतिथ्य र बरिष्ठ उपाध्यक्ष उर्मिला बिमली श्रेष्ठको बिशेष आतिथ्यमा आयोजित कार्यक्रममा महाकवि देवकोटाको तस्विरमा माल्यार्पण गरेर उनीप्रति श्रद्धासुमन अर्पण गरिएको थियो । संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमका सहभागीले महाकवि देवकोटाको व्यक्तित्व तथा कृतित्वको चर्चा गरेका थिए।
कार्यक्रममा गायक तथा संगीतकार प्रदीप देवान र अध्यक्ष श्रेष्ठलगायतले महाकवि देवकोटाको ‘कुन मन्दिरमा जान्छौ यात्री’ र लोकगीत सम्राट जोशीको ‘रिटीङ रिटीङ नबजाउ बिनायो’ जस्ता कालजयी गीतहरू प्रस्तुत गरेका थिए।