कुमरखोद,कात्तिक १६ । झापा गाउँपालिकामा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिताको तेस्रो दिनको खेलमा आयोजक जोरमाई युवा क्लव विजयी भएको छ ।

के.एफ.सी. बिर्तामोडसँग भएको खेलमा २–० गोल अन्तरले आयोजक टिम विजयी भएको हो । खेल शु्रु भएको २५ औं मिनेटमा जर्सी नं. १२ का अमित मुर्मूले पहिलो गोल गरेका थिए । त्यस्तै आयोजककै अर्का खेलाडी जोन मुर्मूले दोस्रो हाफको २० औं मिनेटमा अर्को गोल गरी आफ्नो टीमलाई शानदार जीत दिलाएका हुन् । आजको खेलको म्यान अफ द म्याच आयोजककै अमित मुर्मू घोषित भए ।

प्रतियोगितामा ए र बी समुह गरी आयोजकसहित ८ वटा टीमले भाग लिएका छन् । प्रतियोगितामा आयोजक जोरमाई युवा क्लव , बाह्रदशी ११ , गतिशील युवा क्लव वैगुनधुरा , के.एफ.सी. बिर्तामोड, राजगढ एफसी , लियो एफसी दमक , नागरिक स्पोर्टस एकाडेमी गौरादह र गेरबाबा एफसी अर्जुनधाराको सहभागिता रहेको क्लवका अध्यक्ष हेमकुमार राजवंशीले बताए ।

भोलिको खेल नागरिक स्पोर्टस एकाडेमी गौरादह र गेरबाबा एफसी अर्जुनधारावीच हुने आयोजकले जनाएको छ । झापा गाउँपालिका वडा नं. २ मा रहेको जोरमाई युवा क्लव सडकवाडीको खेलमैदानमा कात्तिक २२ गतेसम्म प्रतियोगिता संचालन हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्