झापा,कात्तिक १७ । लागूऔषधसहित संखुवासभा चैनपुर– ९ बस्ने २४ वर्षीय सरोज खत्री पक्राउ परेका छन् ।
उनको साथबाट प्लास्टिकसहित १२.६९० ग्राम ब्राउनसुगर ,ट्रामाडोल एक पत्ता , स्पासपेन एक पत्ता बरामद भएको छ । हिजो साँझ अन्दाजी ६ः४५ बजे संखुवासभा धर्मदेवी नगरपालिका–८ केवाबेसीस्थित कोशी राजमार्गमा अस्थायी प्रहरी चौकी केवाबेसीबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट खादबारीतर्फ जाँदै गरेको प्र.१–०२–००१ज ४५२५ नम्बरको इभी गाडीलाई चेकजाँच गर्ने क्रममा उक्त गाडीमा सवार खत्रीले लुकाई छिपाई ल्याएको लागूऔषध बरामद भएको थियो ।
उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय चैनपुरमा राखिएको प्रहरीले जनाएको छ ।