झापा, कात्तिक १७ । सुनसरीको इनरूवाबाट १६ जना जुवाडे पक्राउ परेका छन् ।

इनरूवा नगरपालिका वडा नं. ६ मधेशामा अवैध रूपमा जुवा तास खेलिरहेको अबस्थामा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले २ लाख ८३ हजार ८६५ रुपैयाँसहित ती जुवाडेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा इनरुवा– ६ बस्ने उग्रनारायण चौधरी , इटहरी –१३ बस्ने नेमलाल ,इटहरी –१२ बस्ने भरत कटवाल , इनरुवा –६ बस्ने तिर्थराज अधिकारी , सोही ठाउँका झगरु चौधरी, इन्देश सरदार, गौरब कोइराला, बालकृष्ण कोइराला ,दिनेश पोखरेल , अमित कार्की ,सुमन विश्वकर्मा ,जीवन तामाङ ,गोपालबहादुर चौहान ,राजिव दुलाल, श्रवणकुमार तामाङ र युजिन कोइराला रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्