झापा, कात्तिक १८ । मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने कनकाई नगरपालिका ६ बस्ने ३४ वर्षीय बिक्रम हस्दा पक्राउ परेका छन् ।

हिजो साँझ ५ बजेको समयमा पुरानो मेची पुलमा भारतको पानीट्याङ्कीबाट पैदल नेपालतर्फ आउँदै गरेका हस्दालाई शंका लागेर प्रहरीले शरीर तलासी लिँदा मलद्वारमा प्लाष्टिकसहित ६ ग्राम ७४० मिलिग्राम ब्राउनसुगर लुकाएर ल्याएको फेला परेको थियो ।

लागूऔषधसहित नियन्त्रणमा लिई उनलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्