झापा, कात्तिक १९ । झापाको अर्जुनधारामा लडेर एकजनाको मृत्यु भएको छ ।

दमक– ३ ढुकुरपानी घर भई हाल अर्जुनधारा– ११ सितुपानीमा डेरा गरी बस्दै आएका ५३ वर्षीय गणेशबहादुर दर्जीको कात्तिक १७ गते बिहान ११ बजे अर्जुनधारा– ६को बालविकास चोकमा लडेर मृत्यु भएको हो । उनी अचानक बेहोस भई लडेको र त्यही मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । मादक पदार्थ सेवन गर्ने गरेका दर्जी विरामी रहेका थिए ।

उनको शव प्रादेशिक अस्पताल भद्रपुरमा पोष्टमार्टम गरी छोरालाई जिम्मा दिइएको डीएसपी विष्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्