झापा,कात्तिक २० । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा भाग नलिने भएको छ ।
तर पार्टीले उम्मेदवार नउठाए पनि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारलाई समर्थन गर्ने पार्टीको नीति रहेको स्थायी समिति सदस्य कर्णजित बुढाथोकीले जानकारी दिए ।
बुढाथोकीका अनुसार उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन । ‘स्थानीय तह उपनिर्वाचनमा भाग लिने सम्बन्धमा पार्टीले कुनै निर्णय गरेको छैन । यद्यपि देशभक्त, वामपन्थी, जनप्रगतिशील उम्मेदवारहरूलाई समर्थन गर्न सकिनेछ । यस सम्बन्धमा पार्टीले निर्णय गर्ला’, उनले भने ।
आवश्यकता अनुसार समाजवादी मोर्चामा सहभागी दलका उम्मेदवारलाई समर्थन गर्न सकिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्