झापा , कात्तिक २५ । स्रोत नखुलेको नेपाली रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
आज बिहान १०ः०५ बजे झापा गाउँपालिका–२ टाँघनडुब्बास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको टोलीले बिशेष सूचनाको आधारमा प्र१–०१–०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशनगंज डिघलबैङ्क ग्रामपंचायत–७ बस्ने २० वर्षीय असफाक आलमलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो । रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ५लाख ३४ हजार नेपाली रुपैयाँ फेला परेको थियो ।
मोटरसाइकल र रकमसहित आलमलाई नियन्त्रणमा लिई बिओपी टाँघनडुब्बामा राखिएको छ । उनलाई आबश्यक कार्बाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक महेशराज बिष्टले जानकारी दिएका छन् ।