झापा , कात्तिक २९ । इलाम सूर्योदय वडा नं १४ र माई वडा नं ५ को सीमामा रहेको शाखाले खोलामा मानव कंकाल फेला परेको छ ।

आज बिहान ९.३० बजे शाखाले खोलामा ढुङ्गाको चेपमा हड्डी अड्किएको अवस्थामा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली गएर हेर्दा उक्त हड्डी मानव शरीरको कम्मरभन्दा मुनिको भाग (हिपसहितको एउटा खुट्टाको) जस्तो देखिएकोले थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्