झापा, कात्तिक ३० । राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा लक्ष्मीप्रसाद ओलीले झापा कन्काई ६ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

२०७९ सालको निर्वाचनमा नेकपा एमालेका दीर्घबहादुर थापा पाँचसय आठ मत प्राप्त गर्दैं विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार ओलीले चार सय ४० मत प्राप्त गरेका थिए । त्यसअघिको २०७४ सालमा भएको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वार इन्द्रप्रसाद नेपाललाई फराकिलो मतान्तरले पाखा लगाएर नेपाली काँग्रेसका तर्फबाट उम्मेद्वार बनेका ओली त्यस वडाको वडाध्यक्षमा विजयी बनेका थिए ।यसपटक भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा उम्मेदवार बनेका छन् ।

आज दिउँसो कन्काई –६ स्थित गायत्री मन्दिरको सभाहलमा उम्मेद्वारी घोषणा कार्यक्रम राखिएको थियो । स्वतन्त्र समूह चुनाव प्रचारप्रसार समितिका संयोजक मेदनी बिमलीको अध्यक्षता तथा ज्येष्ठ नागरिक अबिचन्द्र चौलागाईंको प्रमुख आतिथ्यतामा राष्ट्रिय स्वतन्त्र पार्टीका कोशी प्रदेश इन्चार्ज ओम भण्डारी, स्वतन्त्र नागरिक समाजका भिम अधिकारी, राष्ट्रिय स्वतन्त्र पार्टीका झापा जिल्ला उपसभापति प्रकाश पाठकलगायतको उपस्थितिमा ओलीलाई वडाध्यक्ष पदको स्वतन्त्र उम्मेदवार घोषणा गरिएको थियो । एक पटकका विजेता र दोस्रो पटकका उपविजेता ओलीको राम्रो संभावना रहेको जनाइएको छ ।

आजै जनमत पार्टीले आफ्ना उम्मेदवार घोषणा गरेको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केही दिनअघि घोषणा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्