झापा, मंसिर २ । स्थानीय तह उपनिर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ ।

मंसिर १६ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आइतबार साँझ ५ देखि ६ बजेसम्म प्रकाशन गरिनेछ । उम्मेदवारको विरोधमा मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उजुरी दिन सकिने कार्यसूची छ । मंसिर ५ लाई उम्मेदवारीको नाम फिर्ता लिने समय तोकिएको छ । त्यही दिन अपराह्न उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ ।

२०७९ को निर्वाचनपछि रिक्त रहेका नगरपालिका प्रमुख र उपप्रमुख १÷१, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३४ जना छान्न उपनिर्वाचन हुँदैछ । भ्mापाको कन्काई ६ मा पनि वडाध्यक्ष पदको लागि उपनिर्वाचन हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्