झापा,मंसिर २ । विश्व माटो दिवसको अवसरमा टिकटक भिडियो प्रतियोगिता हुने भएको छ । माटो दिवसको अवसर पारेर आफ्नै मौलिकता झल्कने गरी माटोको महत्वलाई घर, खेत, बारी वा अन्य स्थानमा गई टिकटक बनाउन आग्रह गरिएको हो । नेपाल सरकार र फुड एग्रिकल्चर अर्गनाइजेशन (एफएओ) को संयुक्त सहकार्यमा सो प्रतियोगिता हुने भएको हो ।
‘माटो सुधारः परीक्षण, रेखदेख र उपचार’ भन्ने नाराका साथ यो वर्ष विश्व माटो दिवस मनाइने भएको छ । सो नारामा आधारित रहेर बढीमा ४५ सेकेन्डको भिडियो बनाएर आफ्नो टिकटक एकाउन्टमा पोस्ट गर्नुपर्ने छ । सो भिडियो ाबयलभउबद्दिद्द२नmबष्.िअयm मा पठाउनुपर्ने छ । यो भिडियो यही मंसिर १५ गतेभित्र पठाइसक्नु पर्ने जनाइएको छ ।
प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रो हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार रुपैयाँ नगद, प्रमाणपत्र र उपहारहरू दिइने छ । डिसेम्बर ५ मा विश्व माटो दिवस मनाइन्छ ।