झापा, मंसिर ३ । वन पैदावार व्यवसायिक संघका केन्द्रीय अध्यक्ष रोहित खड्काको निधन भएको छ ।
५४ बर्षिय खड्काको हृदयघातका कारण निधन भएको हो । सूर्योदय नगरपालिका–१० फिक्कलस्थित घरमा उनलाई हृदयघात भएपछि उपचारको लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याइएको थियो । उपचारको क्रममा आज विहान ३ बजे उनको निधन भएको हो ।
खड्का १४ औं साधारणसभा तथा ८ औं महाधिवेशनबाट दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित भएका थिए ।