झापा, मंसिर ३ । झापाको बिर्तामोड– १० मा सुतेकै ठाउँमा एक व्यक्ति मृत फेला परेका छन् ।

हिजो बिहान अन्दाजी ५.३० बजे बिर्तामोड नगरपालिका वडा नम्बर १० ठुटेबर बस्ने कृष्ण न्यौपानेको घरमा काम गर्ने भारतीय नागरिक सुतेकै ठाउँमा मृत फेला परेका हुन् । बिगत १०–१२ बर्षदेखि न्यौपानेको घरमा काम गर्दै आएका भारत बाख्राकोट मालबजार घर बताउने अन्दाजी ५० वर्षका समस भनिने समरा उराउ सुतिरहेको स्थानमा मृत फेला परेपछि घरधनीले प्रहरीलाई खबर गरेका थिए ।

थप अनुसन्धान तथा कानुनी प्रक्रियापश्चात् शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उराउ अत्यधिक मदिरा खाने गरेका थिए । मदिरा सवेन गरेकै कारण उनको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्