संखुवासभा, मंसिर ३ ।बाटोको ट्रयाक खोल्ने क्रममा जेसीबी पल्टिएर संखुवासभामा अपरेटरको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्लाको मकालु गाउँपालिका वडा नम्बर २ सेदुवास्थित कास्वा हाइड्रोपावरको बाटोको ट्रयाक खोल्ने क्रममा सोमबार बिहान जेसीबी पल्टिएको थियो। दुर्घटनामा संखुवासभा मकालु गाउँपालिका वडा नम्बर २ सेदुवाका ३० वर्षीय सुरवीर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार ट्रयाकबाट जेसीबी करिब सय मिटर तल झरेर दुर्घटना भएको थियो । प्रहरी चौकी मकालुका प्रहरी सहायक निरीक्षक नन्दलाल चौधरीले यो घटना आज बिहान साढे १० बजे भएको हो।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।