झापा, मंसिर ११ । नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार पुरस्कार दिने भएको छ ।
शारडा समूहले यस पुरस्कार ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई प्रदान गर्नेछ । एनपिएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा कार पुरस्कारसम्बन्धी सम्झौता गरिएको हो ।
यानका सचिव पारस खड्का शारडा समूहसँगको सम्झौता कार्यक्रममा आफ्नो धारणा राख्दै सम्झौता पत्रमा ब्रान्ड डिजिटल लजिक प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपिजि अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको एनपिएल मङ्सिर १५ गतेदेखि पुस ६ गतेसम्म त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुनेछ ।
लिगमा आठ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ । उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्सबिच भिडन्त हुनेछ ।