झापा, मंसिर २९ । तस्करहरुले कन्काई माईमा बगाएर ल्याउँदै गरेको सखुवा जातको काठ प्रहरीले बरामद गरेको छ ।
आज दिउँसो ३ बजे अस्थाई प्रहरी चौकी माईधारबाट खटिएको प्रहरी र गैडे सामुदायिक वनबाट खटिएको कर्मचारीको संयुक्त गस्ती टोलीले शिवसताक्षी नगरपालिका वडा नं.१० दोमुखास्थित कन्काई माई खोलामा बेवारिसे अवस्थामा टिउमा बाँधी बगाई ल्याउँदैं गरेको अन्दाजी ४५ हजार मूल्यबराबरको अन्दाजी १५ क्यु. फिट सखुवा जातको काठ बरामद गरेको हो ।
काठ खोलाबाट निकाली आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वनलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।