झापा, मंसिर ३० । इलाममा करेन्ट लागेर एक विद्युत मजदुरको मृत्यु भएको छ ।

हिजो साँझ ५ बजे इलाम सन्दकपुर –४ माबु सायाङ्बामा विद्युतको पोलमाथि तार जडान गर्ने क्रममा ज्यालामा काम गर्ने इलाम ४ बस्ने अन्दाजी ३० वर्षीय गोपाल राईलाई एक्कासि करेन्ट लागेको थियो । घाइते भई उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम ल्याई चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेका थिए ।
प्रहरी चौकी माबुको प्रहरी टोली खटिएर थप बुझ्ने काम भइरहेको र मृतकको शव सोही अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।