झापा, पुष ५ । युवा व्यवसायी दिवाकरलाल चौधरीले व्यवसायिक सदस्य राहत कोषमा सहयोग गर्दै बिर्तामोड उद्योग वाणिज्य संघमा आफ्नो जन्मदिन मनाएका छन् ।

उनले आफ्नो जन्मदिनको अवसर पारेर व्यवसायिक सदस्य राहत कोषमा २१ हजार नगद सहयोग गरेका हुन् । त्यस अवसरमा वाणिज्य संघले चौधरीको जन्मदिन मनाउनुका साथै उनलाई कदरपत्र प्रदान गरेको थियो ।

वाणिज्य संघले व्यवसायीको आपतबिपतमा सहयोग गर्ने उद्देश्यले एक करोड रुपैयाँको राहत कोष बनाउने लक्ष्य लिएको अध्यक्ष राजु न्यौपानेले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्