झापा , पुष ५ । लागूऔषध ब्राउनसुगरसहित दुईजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका वडा न.७ बस्ने ३० वर्षीय सुनिल चौलागाँई र झापा गाउँपालिका वडा न.४ बस्ने २७ वर्षीय मोहम्मद अब्दुल रहेका छन् । गएराति ९ बजे इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले झापा गाउँपालिका वडा नं.४ मा को.२० प ९१६१ नम्बरको मोटरसाइकल पार्किङ गरी बसिरहेको अबस्थामा दुवैलाई पक्राउ गरेको हो ।

शंका लागेर चेकजाँच गर्दा चौलागाँईको पाइन्टको गोजीबाट प्लाष्टिकसहित १ ग्राम २२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्