झापा, पुष ८ । पाँचथरको फालेलुङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
हिजो दिउँसो २.३० बजे फालेलुङ– ७बस्ने मनु आङ्वोकी श्रीमती ५० वर्षीया सरिता आङ्वो साथीसंग सल्लेरी जंगलमा दाउरा काट्न जाँदा भीरबाट अचानक लडेर घाइते भएकी थिइन् । टाउकोमा चोट लागेर अचेत अवस्थामा रहेकी उनलाई हिजो साँझ ६ बजे जिल्ला अस्पताल ल्याई चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
मृतकको शवलाई शवगृहमा राखिएको र आज पोस्टमार्टम गरी परिवारलाई जिम्मा दिइने प्रहरीले जनाएको छ ।