झापा,पुष १२ । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटना भएका छन् ।
चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएको इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।
उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएको र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएको उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए ।
“पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उनले दुर्घटनाको कारण बताउँदै भने, “तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानवीय क्षति धेरै भएको छ ।”
सवारी दुर्घटनामा परी सो अवधिमा एक सय ९१ जनाको मृत्यु भएको छ भने तीन सय २७ जना गम्भीर घाइते भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्