झापा, पुष १७ । इस्वी संवतको नयाँ वर्ष शुरू भएको छ । सन् २०२४ लाई बिदाइ गर्दै आजबाट सन् २०२५ शुरू भएको हो ।

येशू ख्रीष्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरू गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा विश्वका विभिन्न ठाउँसहित नेपालमा पनि कार्यक्रम भइरहेका छन् । विदेशी पर्यटकको भिडभाड हुने काठमाण्डौको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा विशेष कार्यक्रम भएका छन् । हिजो बेलुका पनि यी ठाउँमा ‘न्यू इयर इभ’ का कार्यक्रम भएका थिए ।

विक्रम संवत्को नयाँ वर्षसंगै अंग्रेजीको पनि नयाँ वर्ष मनाउने नेपालमा प्रचलन चलेको छ । झापाका पर्यटकीय स्थलहरु दोमुखा , सताक्षीधाम, जामुनखाडी , हेप्पीलैन्डजस्ता ठाउँमा आज भीडभाड हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्