झापा, पुष २० । इलाम चुलाचुली– ५ चपेटीस्थित रतुवा खोलाको बगरमा एक वृद्ध अचेत अबस्थामा फेला परेका छन् ।

आज दिउँसो १ बजे रतुवा खोलाको बगरमा बुद्धशान्ति गाउँपालिका–७ बर्ने बस्ने अन्दाजी ६१ वर्षीय डिल्लीबहादुर सुब्बा अचेत अबस्थामा फेला परेका हुन् ।

एकजना पुरुष घोप्टो परेको अवस्थामा रहेको भनी स्थानीयले जानकारी गराउनसाथ प्रहरी चौकी पेल्टीमारीबाट प्रहरी टोली खटिएर सुब्बालाई उद्धार गरी उपचारको लागि आम्दा अस्पताल दमक पठाएको थियो । बोल्न नसक्ने अचेत रहेका सुब्बाको बारेमा आफन्तलाई जानकारी गराइसकेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्