CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

झापा,पुष २३ । वन, वन्यजन्तु तथा जैविक विविधतामा बाधा तथा असर नपुग्ने गरी सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला गरिएको छ ।
निकुञ्जकी वरिष्ठ संरक्षण अधिकृत सुष्मा रानाले सोमबार साँझ ११ वटा हेलिकोप्टर कम्पनीलाई पत्र लेखेर सगरमाथा क्षेत्रमा कानुनले तोकेको राजस्व बुझाई हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न सबै कम्पनीलाई अनुरोध गरेकी छन् । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयका तर्फबाट अधिकृत रानाले यसअघि मंसिर २६ मा हेलिकोप्टर उडानले हुने अत्यधिक ध्वनि प्रदूषणका कारण निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बस्ती तथा वन्यजन्तुको बासस्थानमा असर परेको जनाउँदै व्यावसायिक हेलिकोप्टर उडानलाई पुष १७ देखि पूर्ण रूपमा रोक लगाएको भनी सबै ११ हेलिकोप्टर कम्पनीलाई पत्र लेखेकी थिइन् ।
निकुञ्जको निर्णयअघि मंसिर २२ मा खुम्बु पासाङल्हामु गाउँपालिका चौरीखर्कले पनि पुष १७ ९१ जनवरी २०२५० देखि संरक्षित क्षेत्रमा व्यावसायिक उडानमा रोक लगाउने निर्णय गरेको थियो । निकुञ्ज कार्यालयले हेलिकोप्टर खुला गरेको निर्णयको पत्र हेलिकोप्टर कम्पनीबाहेक नेपालभर उडान अनुमति जारी गर्ने संघीय सरकारअन्तर्गतको प्रमुख निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण, खुम्बु पासाङल्हामु गाउँपालिका, भगवतीप्रसाद गुल्म, नाम्चेबजार, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बबरमहललगायत ८ निकायलाई दिएको छ ।
वायु सेवा सञ्चालक संघका सदस्य कम्पनीले भने हेलिप्याडमा राखिएका अवरोध हटाउनुपर्ने र खुम्बु पासाङल्हामु गाउँपालिकाले पनि हेलिकोप्टर उडानमा अवरोध हटाएको पत्र पठाउनुपर्ने भनेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्