झापा, पुष २५ । जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी झापा कमल गाउँपालिका वडा न. १ बस्ने २९ वर्षीय बबु भनिने बिक्रम हस्दा पक्राउ परेका छन् ।

उनलाई हिजो दिउँसो ३ बजे आफ्नै घरबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । हस्दालाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।
जबरजस्ती करणी आरोपमा हस्दालाई उच्च अदालत बिराटनगर इलाम इजलासले २०८० भदौ ११ गते १८ बर्ष ६ महिना कैद र २७ हजार २०० रुपैयाँ जरिवाना तोकेको थियो ।