झापा , पुष २५ । झापाको दमकमा प्रतिबन्धित औषधीसहित दुईजना पक्राउ परेका छन्।

हिजो साँझ ५ बजे दमक नगरपालिका वडा न. ९ बरगाछी टोलको बुद्ध चोकमा लागूऔषध बिक्री गरिरहेको अबस्थामा दमक नगरपालिका वडा न. १ बस्ने २४ वर्षीय केसाङ तामाङ र मोरङ रतुवामाई नगरपालिका सिजुवा घर भई दमक नगरपालिका वडा न. ८ बस्ने २२ वर्षीय मित्रलाल राजवंशी पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल २० पता र स्पास्पेन ४ पता फेला परेको थियो । दुवैलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्