झापा,पुष २५। सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । ठगी आरोप लागेका उनलाई प्रहरीले विराटनगरबाटै पक्राउ गरेको हो ।
ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा पक्राउ गर्न प्रहरीलाई मोरङ जिल्ला अदालतले अनुमति दिएको थियो । पोख्रेलले एमबीबीएसमा छोरीको नाम निकालिदिने भनी सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–५ बकधुवाका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेको छ ।
प्रहरीले पोख्रेलको म्याद थपको लागि आजै अदालत लाने तयारी गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्