झापा, माघ ४ । मेचीनगरमा लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतनामुलक सडक र्याली निकालिएको छ ।


मेची चेम्बर अफ कमर्स , इलाका प्रहरी कार्यालय धुलाबारी र सामुदायिक प्रहरी सेवाकेन्द्र धुलाबारीको संयुक्त आयोजनामा सो र्याली निकालिएको हो । मेची चेम्बर अफ कमर्सका अध्यक्ष रबिनकुमार बस्नेत र इलाका प्रहरी कार्यालय धुलाबारीका कार्यालय प्रमुख पाण्डवकुमार राजवंशीको अगुवाईमा निकालिएको र्याली मेचीनगर–१० धुलाबारी चोक ,पूर्व बस स्टेन्डको उत्तरतर्फ कोलोनिका हुँदै धुलाबारी चोक परिक्रमा गरी सोही स्थानमा कोणसभामा परिणत भएको थियो ।

दोस्रो मेची महोत्सव तथा कृषि मेलाका प्रमुख अतिथि प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राणा मगर , रोङ गाउँपालिका इलामका अध्यक्ष मनिकुमार स्याङ्वो र चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा झापा जिल्लाका अध्यक्ष ओमकृष्ण बिमली , मेचीनगर १० का वडा अध्यक्ष नारायण खनाल, प्रहरी निरीक्षक पाण्डवकुमार राजवंशीलगायत प्रहरी, कर्मचारी, पत्रकार ,बिभिन्न विद्यालयका शिक्षक,शिक्षिका,विद्यार्थीहरु तथा बिभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्