झापा , माघ ५ । जंगली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक बृद्धको मृत्यु भएको छ ।

आज बिहानको राति सुन्दरहरैचा नगरपालिका– ८ भृकुटी टोल बस्ने ७३ वर्षीय हरिप्रसाद घिमिरे घरबाट बाहिर निस्केको अवस्थामा घरदेखि १५ मिटर उत्तरपश्चिममा जंगली हात्तीले आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमण गरी हात्ती जंगलतर्फ भागेको छ ।प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र मृतकका छोरा विदेशमा भएका कारण शव पोस्टमार्टमको लागि कोशी अस्पतालमा लगेर राख्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्