बिर्तामोड, माघ ५ । वीरता लेडी जेसीज बिर्तामोडको आयोजनामा प्रि ईन्डक्सन एण्ड लोम अफिसर्स ट्रेनिङ आज सम्पन्न भएको छ ।


वीरता लेडी जेसीजका अध्यक्ष निशा शाक्यको अध्यक्षता तथा वीरता लेडी जेसीजका मातृशाखा वीरता जेसीज सन् २००३ का अध्यक्ष साथै सन् २००४ का राष्ट्रिय उपाध्यक्ष शिव अग्रवालको प्रमुख आतिथ्यमा वीरता लेडी जेसीजको सचिवालयमा कार्यक्रम भएको हो । तालिममा एम टट ग्राजुएट मेनुका ओलीले प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता खरेल बिमली , वीरता लेडी जेसीज सन् २०२३ का अध्यक्ष संगिता गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम संयोजक वीरता लेडी जेसीजका कोषाध्यक्ष कविता ओलीले स्वागत गरेको कार्यक्रममा सह–सचिव दिक्षा कडरियाले आस्था र जनसम्पर्क अधिकारी पारु श्रेष्ठले मिसन भिजन वाचन गरेका थिए । कार्यक्रममाथि निवर्तमान अध्यक्ष मेनुका ओलीले प्रकाश पारेको कार्यक्रमको संचालन महासचिव प्रभा रायमाझीले गरेकी थिईन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्