झापा, माघ १० । झापाबाट इलामतर्फ लागूऔषध बोकेर जाँदै गरेका दुई युवा पक्राउ परेका छन् ।

आज दिउँसो १२ः४० बजे इलाम रोङ गाउँपालिका– ४ जोरकलशस्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–०१७प५०७५ नं को मोटरसाइकललाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा मोटरसाइकल पछाडी सवार सूर्योदय –६ कन्याम गुम्बा टोल बस्ने २७ वर्षीय पुजन तामाङको साथबाट २.६६ ग्राम र मोटरसाइकल चालक सूर्योदय –८ डम्बुगाउँ बस्ने ३१ वर्षीय मुस्कान तामाङको साथबाट २.१३ ग्राम ब्राउनसुगर फेला परेको थियो ।
चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक मुस्कान तामाङ भाग्न खोज्दा उनलाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।