झापा, माघ १२ । भोजपुरमा मादक पदार्थ सेवन गरी छोराले धारिलो हतियार देखाएर लखेटेपछि डरले बाबुआमा जंगलमा लुकेका छन् ।

भोजपुर पौवादुङमा गाउँपालिका– १ लाकुरे बस्ने २९ वर्षीय नबिन राईले आज बिहान २ बजे मादक पदार्थ सेवन गरी आफ्ना बुबा ५० वर्षीय धर्मराज राई र आमालाई धारिलो हतियार कट्टी लिई घरबाट लखेटेका हुन् । छोराको डरले बाबुआमा दुवैजना लाकुरेस्थित गोपिनी जंगलमा लुकेर बसेका छन् ।

छोराको डरले बाबुआमा जंगलमा लुकेर बसिरहेको भन्ने खबर टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङमा प्राप्त हुनसाथ प्रहरी टोली खटिएको थियो । प्रहरी पुग्नुअघि नै छोरा नबिन राई घरबाट फरार भएका छन् । त्यसपछि बिहान ४.१५ बजे बुबा र आमा घर फर्की आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्