झापा,माघ १३ । भारतीय विश्वविद्यालय अनुदान आयोगले केही भारतीय विश्वविद्यालयमा विद्यावारिधिका तहको भर्नामा रोक लगाएको छ । विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै आयोगले विद्यावारिधि तहको भर्ना पाँच वर्षसम्मका लागि रोक लगाएको हो ।आयोगले एक सूचना जारी गर्दै ओपीजेएस विश्वविद्यालय, चुरु, राजस्थान, इण्डिया, सनराईज विश्वविद्यालय, अलवार राजस्थान, सिंहानिया विश्वविद्यालय र राजस्थानहरूले विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै विद्यार्थी भर्नामा रोक लगाएको हो ।
आयोगले सन् २०२५ जनवरी ९ र १६ तारिखमा सूचना जारी गर्दै ओपीजेएस् विश्वविद्यालय, चुरु, राजस्थानबाट विगत तीन वर्षका शैक्षिक उपाधि छानबिन गरिरहेको र नयाँ भर्ना गर्न रो लगाएको जनाएको हो । त्यस्तै अन्य विश्वविद्यालयहरूले समेत विद्यावारिधि तहमा विद्यावारिधिको मापदण्ड पालना नगरेको भन्दै ती विश्वविद्यालयमा विद्यावारिधि तहको भर्ना पाँच वर्षको लागि रोक लगाएको हो ।
सोही आधारमा त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रले अर्को सूचना जारी नभएसम्मका लागि ती विश्वविद्यालयका समकक्षता स्थगन गरेको जनाएको छ ।ती विश्वविद्यालयबाट विद्यावारिधि उपाधि लिएकाको हकमा भारतीय विश्वविद्यालय अनुदान आयोगको स्वीकृति नभएका विद्यावारिधि उपाधिको समकक्षता अर्को सूचना जारी नभएसम्म स्थगन गर्ने निर्णय गरिएको केन्द्रका कार्यकारी निर्देशक प्राडा पारमनाथ यादवले जानकारी दिए ।भारतीय विश्वविद्यालय अनुदान आयोगले मान्यता दिएका उपाधिको हकमा मात्रै समकक्षता दिइने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्