झापा , माघ १४ । झापाको हल्दिवारी गाउँपालिका–१ बाट लागूऔषध ब्राउनसुगरसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो बेलुका जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा प्रदेश १–०१–०१७ प २६१९ नम्बरको मोटरसाइकलमा सवार हल्दिवारी–१ का २० बर्षीय सोनु कर्मकार र दमक नगरपालिका–८ का २३ बर्षीय सक्षम भट्टराईलाई ५ सय १० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । ब्राउनसुगरसहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्