झापा, माघ १६ । झापाको दमक १० मा बाबुको शंकास्पद मृत्यु भएपछि छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

दमक १० परेवाडाँगीका अन्दाजी ५८ बर्षिय डेनी बर्देवाको मृत्यु शंकास्पद भएको भन्दै मृतकका छोरा ३२ बर्षीय नवीन बर्देवालाई अनुसन्धानका लागि दमक प्रहरीले नियन्त्रणमा लिएको हो ।

घर अगाडि नालीमा अचेत अबस्थामा भेटिएका बर्देवालाई उपचारका लागि आम्दा अस्पताल दमक लगिएको थियो । बर्देवाको सो अस्पतालमा उपचार हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरिएको थियो । तर उनलाई परिवारले आर्थिक कारण देखाएर घरमै लिएर आएका थिए । उनको आज दिउँसो घरमै मृत्यु भएको हो ।

गएराति मादक पदार्थ सेवन गरेर बाबछोराबिच झगडा भएको र छोराले हात हालेको बुझिएपछि अनुसन्धानका लागि छोरालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक निशान थापाले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्