झापा, माघ १८ । विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो ।

डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिनाअघि आफ्नै आमा–बुबासँगै मावला घर विराटनगर आएकी थिइन् ।चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमाबुबा भारत फर्केका थिए । ५÷६ दिनयता चाँदनी नदेखेपछि स्थानीय गाउँलेले उनको हजुरबुबासँग सोधखोज गरेका थिए । तर सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए ।यो विषयमा शंका लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेको थियो ।खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्