झापा , माघ २२ । भोजपुरको भोजपुर नगरपालिका– २ मा शौचालयको भेन्टिलेसनमा टाउको अड्केर एक ७ वर्षीया बालिकाको मृत्यु भएको छ ।
हिजो दिउँसो १२.३० बजे भोजपुर– २ हेलौछा बस्ने निर्मल भुजेलकी ७ वर्षकी छोरी विष्णुकुमारी भुजेल आफ्नै घरनजिकको शौचालयको भेन्टिलेसनमा टाउको अड्की मृत अवस्थामा फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर घटनाबारे अनुसन्धान शुरु गरेको जनाइएको छ ।