झापा, माघ २८ । पाँचथरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ४ः३० बजे पाँचथर याङबरक– २ इन्द्रेणी ओढारछेउस्थित मध्यपहाडी लोकमार्गमा तीनतिम्बुबाट च्याङथापुतर्फ जाँदै गरेको मे.१ त ६८९४ नं. को ट्रयाक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रयाक्टर चालक पाँचथर याङबरक– १ तिम्बुरेखर्क बस्ने २७ वर्षीय दिनेश चौहानको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकबाट अन्दाजी २ सय मिटर तल झरेर दुर्घटना भएको जनाइएको छ ।